Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • काठमाडाैं उपत्यकामा थपिए १५ सय ३१ काेराेना संक्रमित (विवरणसहित)

    काठमाडाैं उपत्यकामा थपिए १५ सय ३१ काेराेना संक्रमित (विवरणसहित)

    अनलाइन नेपाल
  • सोमबार, १९ असोज २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । काठमाडाैं उपत्यकामा एकैदिन १ हजार ५३१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा १ हजार १७८ भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



    यस्तै नेपालमा आज थप २ हजार ४४० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ८९ हजार २६३ पुगेको मन्त्रालयले जनाएकाे छ ।



    आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

    यस्तै बितेको २४ घण्टामा १ हजार १३३ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार