Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए १ हजार १७ कोरोना संक्रमित (जिल्लागत विवरणसहित)

    काठमाडौं उपत्यकामा थपिए १ हजार १७ कोरोना संक्रमित (जिल्लागत विवरणसहित)

    अनलाइन नेपाल
  • मंगलबार, २० असोज २०७७
  • 2.4K
    SHARES

    तस्विर गुगल

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार १७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना गरी जम्मा १ हजार १७ जना संक्रमित थपिएका छन् ।



    यसअघि सोमबार (हिजो) काठमाडौंमा १ हजार १७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना गरी जम्मा १ हजार ५३१ जनामा कोरोना संक्रमित थपिएका थिए ।



    यस्तै नेपालमा आज थप १ हजार ५५१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    यस्तै बितेको २४ घण्टामा २ हजार ३४० जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६७ हजार ५४२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार