Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु

    बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २१ असोज २०७७
  • 1.9K
    SHARES

    रुपन्देही । बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको मृत्यु भएको छ ।

    नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीय वृद्धको र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।



    गत शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका नवलपरासीका ती वृद्धमा दम र उच्च रक्तचापको पनि समस्या रहेको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए । उनको बुधबार बिहान १२ बजेर ५० मिनेटमा मृत्यु भएको गौतमले बताए ।



    बुटवल–९ की ५५ वर्षीया महिला बुधबार बिहान साढे ५ बजे मृत्यु भएको उनले बताए । सुख्खा खोकी र उच्च ज्वरोको समस्या देखिएकी ती महिलामा अरु कुनै समस्या नभएको उनले बताए ।

    गत शनिबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि ती महिलाको सोही दिनबाट उपचार सुरू गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार