Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कोरोनाबाट धरान र बिराटनगर एक-एक जनाको मृत्यु

    कोरोनाबाट धरान र बिराटनगर एक-एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २२ असोज २०७७
  • 3.8K
    SHARES

    सुनसरी । कोरोना भाइरस संक्रमणबाट मोरङको बिराटनगर र सुनसरीको धरानमा एक-एक जना कोरोना संक्रमितको ज्यान गएकाे छ । मोरङका कोरोना संक्रमितको घरमै र धरानका संक्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

    कोरोना संक्रमणपछि घरमै बसिरहेका बिराटनगर महानगरपालिका-५ का ८२ वर्षीय वृद्धको बिहीबार बिहान ६ः३० बजेतिर मृत्यु भएको विराटनगर महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।



    उनका अनुसार वृद्धलाई १९ असोजमा कोरोना संक्रमण देखिएको थियो । उनमा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिएको थियो । परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पनि उनी आफ्नै घरमै बसिरहेका थिए ।



    सोमबार बिराटनगर महानगरपालिका-११ पिचराका एक वृद्ध पुरुषको पनि घरमै मृत्यु भएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरेका ८८ वर्षीय वृद्धको सोमबार राति ११ बजे घरमै मृत्यु भएको थियो । मृत्यु पश्चात मंगलबार उनको कोरोना जाँच रिपोर्ट पोजेटिभ आएको थियो ।

    यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सुनसरीको धरान-१० घर भएका ३९ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी भोलिपल्ट अस्पताल भर्ना भएका थिए । बिहीबार बिहान ४ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार