Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए १४०९ काेराेना संक्रमित (जिल्लागत विवरणसहित)

    काठमाडौं उपत्यकामा थपिए १४०९ काेराेना संक्रमित (जिल्लागत विवरणसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, २३ असोज २०७७
  • 2.5K
    SHARES

    तस्विर गुगल

    काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप १ हजार ४ सय ९ जना नयाँ संक्रमति थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा थप १४ सय नाै जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।



    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ गरी उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति फेला परेका हुन् ।



    गौतमका अनुसार अहिले मुलुकभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ ।

    यस्तै नेपालमा आज २ हजार ५९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या एक लाख ६७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    यसै हिजाे देशभर सबैभन्दा बढी ४ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार