Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • छोरीलाई पटक-पटक बलात्कार गर्ने बाबुलाई जन्मकैद

    छोरीलाई पटक-पटक बलात्कार गर्ने बाबुलाई जन्मकैद

    अनलाइन नेपाल
  • शुक्रबार, २३ असोज २०७७
  • 3.9K
    SHARES

    नवलपरासी । जिल्ला अदालत पूर्वी नवलपरासीले १३ वर्षीय छोरीलाई पटक-पटक बलात्कार गर्ने बाबुलाई जन्मकैदकाे फैसला सुनाएकाे छ।

    जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले छोरी बलात्कार गरेको अभियोगमा ४० वर्षका बाबुलाई जन्मकैद र ५० हजार जरिवाना गरेको जिल्ला अदालत पूर्वी नवलपरासीले जनाएकाे छ।



    अदालतका अनुसार सर्लाही बरथहवा निवासी ४० वर्षका बाबु आफ्ना सन्तानसहित कावासोतीमा रहेको डीबीआई इँटा उद्योगमा कार्यरत थिए । दुई वर्षअघि देखी छोरीलाई पटक-पटक बालत्कार गरेको भन्दै उनीविरुद्ध एक वर्षअघि प्रहरीमा उजुरी परेको थियो ।



    बलात्कारपछि छोरी गर्भवती भएको र गर्भपतन गराइएको अदालतमा बाबुले स्वीकारेका छन् । उद्योगमा श्रीमती, छोरा र छोरीसहित मजदुरी गर्दै आएका ती बाबुले छोरीलाई पटक बलात्कार गरेको अदालतमा बयान दिएका छन् ।

    हाडनाताभित्र करणी गरेका उनको नेपालभर कहींकतै कुनै सम्पत्ति नभएका कारण सरकारी राज्य कोषबाट (पीडित राहतकोष) बाट ५० हजार क्षतिपूर्ति भराउने अदालतको फैसला छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार