Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अशक्त युवतीलाई बलात्कार गर्न खाजेकाे आरोपमा पक्राउ

    अशक्त युवतीलाई बलात्कार गर्न खाजेकाे आरोपमा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 2.8K
    SHARES

    मुगु । अशक्त युवतीमाथि बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    मुगु मकार्मारोङ गाउँपालिकामा २४ वर्षीया युवतीमाथि बलात्कार प्रयास गरेकाे आरोपमा प्रहरीले छायानाथरारा नगरपालिकाका २३ वर्षीय युवकलाई पक्राउ गरेको हाे ।



    बोल्न र हिँडडुल गर्न नसक्ने महिलामाथि ती युवकले शनिबार बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भिमदत्त जोशीले बताए ।



    पीडित परिवारले जाहेरी दिएपछि युवकलाई पक्राउ गरिएको जोशीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार