Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए २ हजार १२९ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए २ हजार १२९ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, २७ असोज २०७७
  • 1.6K
    SHARES

    तस्विर गुगल

    काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार १२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा काठमाडौंमा १ हजार ७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ गरी कुल २ हजार १२९ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या करिब ३६ हजार पुगेको छ। मंगलबार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।



    उनका अनुसार हाल संस्थागत आइसोलशेनमा १५ हजार ४८ र होम हाइसोलेशनमा २० हजार ८६७ जना रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण भएको छ भने २४ घण्टामा कोरोना निको हुनेको संख्या १ हजार ५०३ रहेको छ । यस्तै हालसम्म निको हुनेको कुल संख्या ७८ हजार ७८० पुगेको गौतमले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार