Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बलात्कारीलाई जाेगाउने पञ्च धरौटीमा रिहा, आरोपित बालसुधारगृहमा

    बलात्कारीलाई जाेगाउने पञ्च धरौटीमा रिहा, आरोपित बालसुधारगृहमा

    अनलाइन नेपाल
  • मंगलबार, २७ असोज २०७७
  • 3.5K
    SHARES

    तस्विर गुगल

    सप्तरी । सत्र वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई बालकलाई अदालतले बालसुधारगृह पठाउने आदेश गरेको छ ।

    सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीको आदेशमा दुई आरोपितलाई पुर्पक्षका लागि बालसुधारगृह वीरगञ्ज पठाउने आदेश भएको अदालतले जनाएको छ ।



    अभियुक्तसहित डाक्नेश्वरी नगरपालिका–७ ललितपुरका २७ वर्षीय धर्मदेव मण्डल र २५ वर्षीय बिसु भनिने विष्णु मण्डल तथा अठार वर्षमुनिका दुई जना र चार जनाले भदौ २९ गते बिहान बलात्कार गरेको उजूरी गर्न गाउँका पञ्चले रोक लगाएपछि भदौ ३० गते पीडितले आत्महत्या गरेको भनी इलाका प्रहरी कार्यालय, कल्याणपुरमा उजूरी दर्ता छ ।



    बलात्कारको उजूरी गर्न रोक लगाउने तीन पञ्चलाई आत्महत्या दुरुत्साहन मुद्दामा जनही एक लाख १० हजार धरौटी माग गर्ने आदेश भएको छ । पक्राउ परेका पञ्च जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डल धरौटी राखी आज रिहा भएका छन् ।

    धानखेतमा पानीको अवस्था हेर्न गएकी छोरीमाथि सामूहिक बलात्कार भएको जानकारी दिँदै पीडितकी आमाले प्रहरी कार्यालय जान खोज्दा पञ्चले धम्क्याउँदै उजूरी गर्न रोकेको र आरोपितबाट र ५५ हजार क्षतिपूर्ति भराउने निर्णय सुनाएको बताए ।

    प्रहरीका अनुसार स्थानीयवासी शत्रुघ्न मण्डलका घरमा बसेको पञ्चायतमा निज शत्रुघ्नसहित उनका दाजु जयकान्त, भाइ देबु, सत्यनारायण मण्डल, वासुदेव मण्डल, झमेली मण्डल, रामजी भनिने बेचन मण्डल, उचितलाल मण्डल, बिन्देश्वर मण्डल र वंशराज मण्डलले धम्क्याउँदै उजूरी गर्न रोकेका थिए ।

    घटनास्थलमा पीडितले जोगिनका लागि धानबाली र आली समातेर गरेको सङ्घर्षका चिह्न, मडारिएको धानका बाला, फुटेका हातका चुरा र भिडिओ रेकर्डसमेत प्रमाण छ ।

    प्रहरीले आत्महत्या दुरुत्साहनमा जयकान्त, वासुदेव र सत्यनारायणलाई भदौ ३० गते पक्राउ गरेको थियो । बलात्कारको आरोपमा दुई जना बालकलाई प्रहरीले यही असोज १ गते राति पक्राउ गरेको थियो भने दुई जना अझै फरार छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार