Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • न्यूरोडको हुण्डी काण्डले परिसरका डिएसपी तानिए

    न्यूरोडको हुण्डी काण्डले परिसरका डिएसपी तानिए

    हुण्डी कारोबारी अग्रवाललाई भगाउन भूमिका खेलेको आरोप

    अनलाइन नेपाल
  • आइतबार, २ कार्तिक २०७७
  • 7.6K
    SHARES

    काठमाडौं । न्यूरोडको हुण्डी र लेनदेनका काण्डमा मुछिएपछि महानगरिय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी देवी पौडेल तानिएका छन्।

    प्रहरी प्रधान कार्यालयले डिएसपी  पौडेललाई कारवाहीस्वरुप अपराध अनुसन्धान बिभागमा तानेर परिसरमा डिएसपी नरेन्द्र चन्दलाई पठाएको स्रोतले वतायो।



    न्यूरोडको हुण्डी काण्डमा पौडेलले सुचना दिनेलाई नै फसाएर हुण्डी कारोबारी बिकास अग्रवाललाई जोगाएको आशंकामा प्रधान कार्यालयले आन्तरिक अनुसन्धान गरेको थियो। जसमा उनको गल्ती देखिएको हुँदा कारवाहीस्वरुप परिसरबाट तानिएको स्रोत वताउँछ ।



    गत असार ७ गते महानगरीय अपराध महाशाखाले न्यूरोडमा इलेक्ट्रोनिक्स पसल संचालन गर्ने उनै भारतीय व्यापारी बिकास अग्रवालबाट १० लाख रकम लुटेको अभियोगमा दुई प्रहरीलाई पक्राउ गर्‍यो ।

    न्यूरोडको समृद्ध बचत तथा ऋण सहकारी संस्थाबाट पैसा निकालेर लाने क्रममा हुन्डी कारोबारी अग्रवालको १० लाख रकम घुमुवा प्रहरी हवल्दार धिरेन्द्र विष्ट र जवान विक्रमकुमार चन्दले लुटेको आरोपमा  विष्ट र चन्दलाई पक्राउ गरी जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। विष्ट र चन्द पुर्पक्षका लागि थुनामा गइसकेका छन् ।

    साथै प्रहरीलाई सूचना दिने सहकारीका कर्मचारी सौरभ अधिकारी र रेणु श्रेष्ठबिरुद्ध पनि डकैती मुद्दा दायर भएको थियो । उनीहरु पनि अदालतको आदेशमा जेल नै चलान भए ।

    तर, प्रहरीले हुन्डी कारोबारी विकास अग्रवाललाई भने उन्मुक्ति मात्र दिएन, उल्टै जाहेरवाला बनाई उनको निवेदनको आधारमा प्रहरी र सहकारीका कर्मचारीलाई डकैती मुद्दा दायर गर्‍यो ।

    प्रहरीले निवेदकका रुपमा उभ्याएका विकास अग्रवाल सुनदेखि नक्कली नोटको कारोबार गर्ने भारतीय नागरिक निलेश सखिया र नेपालको बाराका इल्ताफ अन्सारीको सुनको कारोबारमा हुन्डीको रकम भित्र्याउने नाइके भएको अनुसन्धानका क्रममा खुलेको थियो ।

    उनै अग्रवाल पीडित बनेर परिसरमा निबेदन दिएका थिए।  निलेशले भारतबाट विकास अग्रवालको नाममा ७ करोड रुपैयाँ सम्म हुन्डीको रकम पठाएको प्रहरी अनुसन्धानमा खुलेको स्रोतको दाबी छ ।

    हुन्डी कारोबार गर्ने विकास अग्रवालको नाममा निलेशले ७ करोड पठाएको अनुसन्धानमा देखिएपछि प्रहरीकै सूचनाका आधारमा उनी फरार भएको स्रोत बताउँछ ।

    स्रोतका अनुसार जनसेवा बृत्तका असई सूर्य केसी, डीएसपी सुनिलजंग शाह र प्रहरी परिसरका डीएसपी देवी पौडेलसँग अग्रवालको कनेक्सन देखिएको थियो ।

    समृद्ध बचत सहकारीबाट हुन्डीको रकम निकाल्ने क्रममा १० लाख लुटपाट गरेको आरोपमा प्रहरीलाई मुद्दा चलाउने परिसरले बिबादास्पद हुन्डी कारोबारी विकास अग्रवालबाट घुस खाएर उनलाई उन्मुक्ति दिएको आरोप लागेको थियो ।

    घुस काण्डमा डिएसपी पौडेलको संलग्नता रहेको बिषयमा प्रधान कार्यालयले आन्तरिक अनुसन्धान गरेको थियो।

    तर, २०७७ असार १३ मा काठमाडौं प्रहरीले कमलपोखरी चोकबाट १५ किलो नक्कली सुन बरामदपछि इल्ताफ अन्सारी र निलेश सखिया पक्राउ परे ।

    उनीहरुको छानबिन गर्ने क्रममा निलेशले विकास अग्रवालको नाममा हुन्डीमार्फत् ७ करोडसम्म रकम पठाएको खुलेको थियो ।

    प्रहरीले आफ्नै सिपाही हवल्दारदेखि सूचना दिने दुई किशोररकिशोरीलाई डकैती मुद्दामा फसाउन निवेदक बनाएका विकास अग्रवालको नाममा सुन तस्करीका लागि हुन्डीको रकम आएको खुलेपछि उनलाई रातारात भगाइएको थियो ।

    सहकारी प्रकरणमा जोगाउने क्रममा विकास अग्रवालबाट ठूलो रकम घुस लिएर निरीह प्रहरी र नागरिकलाई डकैती मुद्दा चलाइएको खुल्ने त्रासले उनलाई रातारात भगाइएको आरोप लागेको थियो।  अहिले प्रहरीले उनै अग्रवाललाई फरार भनेर खोजीरहेको छ ।

    तस्करीको नक्कली सुनको बारेमा अनुुसन्धान गर्दै जाँदा विकास अग्रवालको नाममा भारतबाट संजय पटेल र निलेश सखियाले ७ करोड रकम पठाएको खुलेपछि प्रहरी हाकिमहरुको घुस प्रकरण उजागर हुने देखेर रातारात अग्रवाललाई भगाइएको स्रोत बताउँछ ।

    भारतीय नक्कली नोटदेखि सुन तस्करीमा मुछिएका इल्ताफ अन्सारीले सुनमा जलप लगाउने काम भारतीय नागरिक संजय पटेलले गरेको आरोप लगाएका थिए । विकास अग्रवालमार्फत् सञ्जय पटेल र निलेश सखियाले हुन्डीमार्फत् आएको पैसा प्राप्त गर्ने गरेका थिए ।

    हुन्डीको कारोबार भने विकास अग्रवालले गरेको प्रहरी अनुसन्धानमा देखिएको थियो । निलेशले हुन्डीमार्फत् पठाएको रकम अग्रवालले सञ्जयलाई दिने गरेका थिए । हुन्डीबाट आएको पैसाले चाँदीमा सुनको जलप लगाउने गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार