Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गण्डकीमा थपिए १६ जना कोरोना संक्रमित

    गण्डकीमा थपिए १६ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, ४ कार्तिक २०७७
  • 4.2K
    SHARES

    कास्की । गण्डकी प्रदेशमा १६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

    प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९७६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।



    थपिनेमा लम्जुङका ११, तनहुँका तीन र कास्कीका दुई जना छन् । सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र उनीहरूको आइसोलेसन व्यवस्थापनको तयारी भईरहेको निर्देशनालयले जनाएको छ ।



    प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने तीन हजार ६०५ जना निको भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार