Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अग्रज पत्रकार रिमालको निधन

    अग्रज पत्रकार रिमालको निधन

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । अग्रज पत्रकार माधवकुमार रिमालको निधन भएको छ ।

    मैतीदेवीस्थित आफ्नै निवासमा आज दिउँसो उनको निधन भएको छोरी सरिता रिमालले जानकारी दिइन् ।



    अङ्ग्रेजी पाक्षिक पत्रिका ‘स्पटलाइट’को करीब एक दशक उनी प्रकाशक एवं सम्पादक थिए ।



    छयानब्बे वर्षीय रिमालसँग परराष्ट्र सेवामा रहँदा तत्कालीन पूर्वीपाकिस्तानमा नेपाली महावाणिज्यदूतका रुपमा काम गरेको अनुभव थियो ।

    उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा बिहीबार बिहान अन्त्येष्टि गरिने छ ।

    विसं २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भएकै दिन तत्कालीन राजा वीरेन्द्रसँग भेटघाट गर्ने उनी अन्तिम पत्रकार थिए । उनका तीन छोरा र दुई छोरी छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार