Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धनुषामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

    धनुषामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ८ कार्तिक २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    जनकपुर – धनुषामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।

    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बस्ने ६५ वर्षीया महिलाको कोरोना संक्रमीत भएर मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक बिजयकुमार झाले जानकारी दिए।



    ती महिलालाई एकाएक ज्वरो लागेको र श्वास प्रश्वासमा कठिनाइ भएपछि शुक्रबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो ।



    भर्ना गरिएकै दिन उनको स्वाब परीक्षणका लागि संकलन गरिएको थियो । शुक्रबार राति ८ बजेतिर कोरोनाको रिपोर्ट पोजेटिभ आएको र ति महिलामा उच्च रक्तचाप, मधुमेह र दम समेत देखिएको निमित्त निर्देशक झाले बताए । अहिलेसम्म धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार