Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पूर्वी नवलपरासीमा काेराेनाका कारण थप एककाे मृत्यु

    पूर्वी नवलपरासीमा काेराेनाका कारण थप एककाे मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १० कार्तिक २०७७
  • 1.5K
    SHARES

    नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार कावासोती नगरपालिका–२ का ७७ वर्षीय पुरुषको सोमबार बिहान डन्डास्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो ।



    कात्तिक ३ गते चितवन मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो ।



    सोमबार बिहान ३ बजे मध्यविन्दुस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

    यससँगै पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । जिल्लामा १६ सय जनामा कोरोना संक्रमण भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार