Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रौतहटमा कोरोना भाइरस संक्रमितको निधन

    रौतहटमा कोरोना भाइरस संक्रमितको निधन

    अनलाइन नेपाल
  • बिहिबार, १३ कार्तिक २०७७
  • 2.3K
    SHARES

    रौतहट । कोरोना भाइरस संक्रमणका कारण यहाँ थप एक जनाको ज्यान गएको छ ।

    चन्द्रपुर –१० बाल्चनपुर की ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट उपचारका क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको हो ।



    नेपाली सेना, इन्द्रबक्स गण पुरेनवा गौरबाट उपसेनानी शिवराज खत्रीको नेतृत्वमा आज चन्द्रपुर –५ चाँदी नदी किनारमा शव व्यवस्थापन गरिएको छ ।



    यससँगै जिल्लामा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

    मिर्गाैला रोगी महिलालाई उपचारका लागि यही कात्तिक ६ गते चितवन अस्पताल लगिएकामा स्वाब संकलनपछि बुधबार दिउँसो मृत्यु भएको थियो । पिसिआर रिपोर्ट भने राति मात्र आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार