Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • दसैँकाे टीकाकाे दिन कुटपिट गरी हत्या गरेकाे आरोपमा ४ जना पक्राउ

    दसैँकाे टीकाकाे दिन कुटपिट गरी हत्या गरेकाे आरोपमा ४ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १३ कार्तिक २०७७
  • 3.5K
    SHARES

    स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हत्या आरोपमा ४ जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका-६ बछिन डाँडा टक्सारका ३३ वर्षका टाउके भनिने इन्द्रजित गुरूङ, ३४ वर्षका गिरे प्रसाद गुरूङ, २४ वर्षका किङकङ गुरूङ र २८ वर्षका सन्ताेष गुरूङ रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसपी हाेबिन्द्र बाेगटीले जानकारी दिए ।



    उनीहरू दसैँकाे टीकाेकाे दिन हाे-हल्ला गर्दै हिडेकाे र दुई पक्षबीच झडप हुँदा २९ वर्षका सूय बहादुर गुरूङकाे १२ गते मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।



    मृतक गुरूङलाई उनीहरूले बाेत्तल, बाँसकाे भाटा, लाठी, ढुङ्गा प्रहार गरी घाईते बनाएकाे र घाईते गुरूङकाे उपचारकाे क्रममा कात्तिक १२ गते मृत्यु भएकाे थियाे ।

    घटनाबारे थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार