Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • युवाको हत्या गरेको आरोपमा तीन जना पक्राउ

    युवाको हत्या गरेको आरोपमा तीन जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय विशाल ढुङ्गानाको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । कर्तव्य ज्यान गरी हत्या गरेको अभियोगमा आज तीन जनालाई इलाका प्रहरी कार्यालय बेल चौताराले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३८ वर्षीय विमल सुनार, शुक्लागण्डकी नगरपालिका–८ बस्ने २५ वर्षीय सुशील विक र शुक्लागण्डकी नगरपालिका–३ बस्ने ४७ वर्षीय होमबहादुर विक रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।



    ढुङ्गानाको शव शनिबार शुक्लागण्डकी नगरपालिका–४ र ५ को सिमाना कबरस्थानस्थित पानी जमेको खोल्सामा भेटिएको थियो । शुक्रबारदेखि हराएका उनको खोज कार्यका लागि प्रहरीले प्रहरीमा निवेदन दिएका थिए ।



    प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको हो । पक्राउ परेकालाई आजै तनहुँ जिल्ला अदालतबाट १२ दिनको म्याद थप गरिएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार