Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • होटलको कोठामा महिलाको हत्या प्रकरण : ‘प्रेमी’ पक्राउ

    होटलको कोठामा महिलाको हत्या प्रकरण : ‘प्रेमी’ पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 2K
    SHARES

    काठमाडौं । गौशालास्थित बिजयचोकमा रहेको सिराहा धनुषा सर्लाही एन्ड गेष्ट हाउसमा प्रमीला दमाईको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । करिब २८–२९ वर्षकी प्रमीला शनिवार लजको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

    जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, गौशालाको टोलीले दोलखा घर भएका एक जना पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।



    पक्राउ परेका पुरुष र रामेछापको लिखु तामाकोशी घर भएकी प्रमीला विवाहेत्तर प्रेम सम्बन्धमा थिए । हत्यापछि होटलको कोठामा बाहिरबाट साँचो लगाएर उनी भागेका हुन् । माघ २६ मा हत्या भएको र दुई दिनपछि घटना सार्वजनिक भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।



    कम्तिमा दुई दिनदेखि कोठा बन्द रहेको अवस्थामा ग्राहक पैसा नतिरी गएको हुनसक्ने आशंका गरेर अर्को चाबीले ढोका खोल्दा शव भेटिएको भन्दै होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी वृत्त, गौशालाको टोली घटनास्थलमा फेला परेको थियो ।

    त्यसक्रममा खाटमा महिलाको शव भेटिएको थियो भने नजिकै डोरी समेत फेला परेको थियो । शव भेटिएको सिराहा धनुषा होटल एण्ड लजका कर्मचारीले ती महिला एक जना पुरुषसँग होटलमा गएको भनेका थिए । त्यही आधारमा उनीसँग होटलमा बसेका व्यक्ति नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेका हुन् ।

    उनले होटलको रेकर्डमा गलत विवरण टिपाएका थिए । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार