Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कुटपिट गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ

    कुटपिट गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २१ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले कुटपिट गरी हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

    चन्द्रपुर नगरपालिका-१ मंगलपुर बस्ने २८ वर्षीय गोपाल थिङको कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।



    पक्राउ पर्नेहरूमा उनकै दाइ ३५ वर्षीय रविन्द्र थिङ, माईजु नाता पर्ने ४२ वर्षीया दुधिमाया पाख्रिन र काठमाडौं घर भएका मामा नाता पर्ने ३९ वर्षीय आषिश पाख्रिन रहेका छन् ।



    मंगलपुरमा कुटपिटबाट मानिसको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चपुर र प्रहरी चौकी पौराहीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार