Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ओलीका केन्द्रीय सदस्य हत्या आरोपमा पक्राउ

    ओलीका केन्द्रीय सदस्य हत्या आरोपमा पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    मोरङ। नेपाल कम्युनिष्ट पार्टी विभाजित हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सदस्य बनाएका मोरङका युवराज बाँस्कोटा हत्या आरोपमा पक्राउ परेका छन् ।

    उनलाई मोरङको पथरीशनिश्चरे-१० का १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा प्रहरीले बुधबार पक्राउ गरेको हो।



    गत पुस १४ गते भण्डारी पथरीशनिश्चरे २ स्थित बाँस्कोटाको घरमा मृत फेला परेका थिए । त्यसपछि मृतकका परिवारले २६ पुसमा ‘कर्तब्य ज्यान’ मुद्दामा बाँस्कोटाविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए ।



    भण्डारीको ‘शंकास्पद मृत्यु’ भएको घटनामा एमालेका नेता बाँस्कोटालाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

    पक्राउ परेका नेता बास्तोलालाई मोरङ अदालतमा म्याद थप गर्न प्रहरीले लैजाने तयारी गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार