Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुपन्देहीका २ र चितवनका १ जना कोरोना संक्रमितको मृत्यु

    रुपन्देहीका २ र चितवनका १ जना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 2.3K
    SHARES

    कामाडौं । चितवन मेडिकल कलेजमा उपचाररत दुईजना र बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    चितवनमा मृत्यु भएका एक जना चितवनका र अर्का रुपन्देहीका पुरुषको मृत्यु भएको हो ।



    चितवनको रत्ननगरपालिका वडा नम्बर ९ का ८८ वर्षीय पुरुषको आज बिहान ६ बजेर ५४ मिनेट जांँदा मृत्यु भएको हो ।



    उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित उनी कात्तिक ११ गते अस्पतालमा भर्ना भएका थिए । उनको स्वाव परीक्षण गर्दा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अस्पतालको कोभिड आईसियु कक्षमा उपचार भइरहेको थियो ।

    त्यसैगरी रुपन्देहीको जिल्ला वुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ८४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

    कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका उनको गएराति ११ बजेर ४७ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    अस्पतालका अनुसार उनमा पनि ज्वरो, उच्चरक्तचाप र श्वास प्रश्वासको समस्यालगायतका लक्षण थियो । उनको पनि कोभिड आइसियु कक्षमा राखेर उपचार हुँदै आएको थियो ।

    त्यस्तै बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा बुटवल उपमहानगरपालिका–८का ५५ वर्षीय पुरुषको निधन भएको हो ।

    कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगी रहेको अस्पतालको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार