Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • वरिष्ठ उपाध्यक्षका पदका दुई उम्मेदवारलाई मिलाउने प्रयासमा महासंघ अध्यक्ष भवानी राणा

    वरिष्ठ उपाध्यक्षका पदका दुई उम्मेदवारलाई मिलाउने प्रयासमा महासंघ अध्यक्ष भवानी राणा

    अनलाइन नेपाल
  • बुधबार, ३ मंसिर २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्षका पदका उम्मेदवार किसोर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेको बताएकी छन् ।

    बुधवाार अध्यक्ष राणाले दुवै व्यक्ति महासंघका लागि चाहिने व्यक्ति भएकाले महासंघमा अटनुपर्छ भन्ने लागेर नै आफूले मिलाउने प्रयास गरिराखेको स्पष्ट पारिन् ।



    आफूले एकपटक फेरी दुबै उम्मेदवारलाई एकठाउँमा राखेर कुरा गर्ने समेत बताइन् । उनले भनिन्, ‘अध्यक्षको रुपमा मैले दुबै जनालाई एउटा शशक्त उम्मेदवारको रुपमा देख्छु । दुई जना नै महासंघमा अटनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ । मलाई लाग्छ महासंघले पनि त्यो धारणा लिएर अगाडि बढ्नुपर्छ र उहाँहरुसँग सहमतिको लागि कुरा भइरहेको छ ।



    अव निर्वाचनको समय पनि आयो । छठपछि एकचोटी दुईजनालाई राखेर कुरा गरेर सहमतिको वातावरण बनाउँछु भन्ने मैले सोचेको छु । त्यो प्रयास नेतृत्वमा पुगेको व्यक्तिले गर्नुपनि पर्छ ।’

    महासंघको हितको लागि भएपनि दुबैजनाले त्याग गर्नसक्नुपर्ने उनले बताइन् । कोभिडको परिस्थितिमा महासंघका कामहरुलाई प्रभावकारी बनाउन पनि दुवै व्यक्तिको आवश्यकता पर्ने भएको र त्यसका लागि दुवै व्यक्तिले त्याग गर्न सक्नुपर्ने अध्यक्ष राणाले बताइन् ।

    उनले भनिन् ‘ दुबै जनालाई एक पछि अर्को गरेर मिल्नको लागि आउनुस् भनेर आव्हान पनि गरेको छु । त्यसैले गर्दा दुवै पक्षले महासंघको हितको लागि त्याग गर्न सक्नुपर्यो । त्यसकारणले एक जनालाई पनि गुमाउन चाहन्नाैं, एकपछि अर्को गरेर गर्नको लागि मेरो फेरी एकचोटी अन्तिम प्रयास रहनेछ ।’

    महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन यही मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । निर्वाचनका लागि किसोर प्रधान र चन्द्रप्रासद ढकालले आ–आफ्नो प्यानल सहित वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार