Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल उद्योग वाणिज्य महासंघको मतगणना सुरु

    नेपाल उद्योग वाणिज्य महासंघको मतगणना सुरु

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 516
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ मतगणना सुरु भएको छ । बेलुका ८ बजेदेखि सुरु हुने भनिएपनि ढिलागारी मतगणना सुरु भएको हो ।

    निर्वाचनमा जम्मा १ हजार ८८९ मत खसेको छ। एसोसिएटतर्फ १ हजार ६४९ मत खसेको छ। एसोसिएटतर्फ १५ मत नखसेको निर्वाचन समितिले जनाएको छ ।



    जिल्लातर्फ ११७, वस्तुगततर्फ १२३ मत खसेको छ । आज बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजे सकिएको थियो ।



    निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र सात प्रदेशबाट सात, उद्योग वाणिज्य संघबाट १८, वस्तुगत संघबाट १४, एसोसिएटबाट १९, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एक र संस्थापक सदस्य समूहबाट एकजना कार्यसमिति सदस्य निर्वाचित हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार