Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • निराशामा रहेका उद्योगी व्यवसायीहरूको मुहार हसाउने गरी काम गर्छु : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

    निराशामा रहेका उद्योगी व्यवसायीहरूको मुहार हसाउने गरी काम गर्छु : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 696
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निराशामा रहेका उद्योगी व्यवसायीहरूको मुहार हसाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    सर्वसम्मत चयन भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले चुनावको समयमा देशभरका उद्योगी व्यवसायीहरूमाझ गरेका प्रतिबद्धताहरू पूरा गर्ने गरी काम गर्ने बताए ।



    उनले पछिल्लो समय व्यवसायीहरूलाई बैंकको ब्याजदर र तरलता अभावको कारण परेको समस्या समाधान गर्ने बताए । श्रेष्ठले आन्तरिक र वैदेशिक लगानी ल्याउनका लागि निजी क्षेत्रले पहल गर्ने बताए ।



    उनले देशभित्र नै लगानीमैत्री वातावरण बनाउन सरकारसँग सहकार्य गर्ने बताए । बिहीवार वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठलाई अर्का उम्मेद्वार उमेशलाल श्रेष्ठले समर्थन गरेसँगै उनी सर्वसम्मत निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार