Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मुम्बई हमलाका मास्टरमाइन्ड हाफिज सईदलाई १० बर्ष जेल सजाय

    मुम्बई हमलाका मास्टरमाइन्ड हाफिज सईदलाई १० बर्ष जेल सजाय

    अनलाइन नेपाल
  • बिहिबार, ४ मंसिर २०७७
  • 4.4K
    SHARES

    फाइल फोटो : हाफिज सईद

    एजेन्सी। मुम्बई हमलाका मास्टरमाइन्ड हाफिज सईदलाई पाकिस्तानको आतंकवाद विरोधी अदालतले १० बर्षको जेल सजाय सुनाएको छ।

    भारतीय संचारमाध्यमका अनुसार अदालतले सईदलाई ‘टेरर फन्डिङ’ सम्बन्धी दुई मुद्दामा सजाय सुनाएको हो । सईदका साथ जफर इकबाल, याह्या मुजाहिद र अब्दुल रहमान मक्कीलाई पनि सजाय सुनाइएको छ।



    हाफिज सईद जुलाई २०१९ मा पक्राउ परेका थिए र चारवटा मुद्दामा उनीविरुद्ध अभियोगहरू तय गरिएको छ। सीटीडीले जमात-उद-दावाका नेताहरू विरुद्ध ४१ वटा मुद्दा दर्ता गरिसकेको छ ।



    जसमध्ये २४ वटा फैसला भएको छ भने बाँकी एटीसी अदालतमा विचाराधीन छ। रिपोर्टका अनुसार सईदलाई आतंक फाइनान्सिङ, मनी लन्ड्रिङ र अवैध भूमि हडपेको  अभियोग लागेको छ ।

    अगष्टमा एन्टी टेररिजम कोर्टले जमात-उद-दावाका तीन प्रमुख नेताहरू र कुख्यात आतंकवादी हाफिज सईदको नजिकका मानिसहरूलाई  जेल सजाय सुनायो। लाहौरका प्रोफेसर मलिक जफर इकबाल र शेखपुराका अब्दुल सलामलाई १६- १६ वर्ष जेल सजाय सुनाइएको थियो। दुबैलाई विभिन्न केसमा १६ -१६ बर्षको जेल सजाय सुनाइएको छ।

    हाफिज सईद आतंकी संगठन लश्कर-ए-तैयबाका संस्थापक हुन्। पाकिस्तानमा उनी जमात-उद-दावा नामको संस्था चलाउँछन्। सईद २००८ मा मुम्बई ब्लास्टका मास्टरमाइन्ड हुन्। लामो समयदेखि भारत हाफिज सईदको खोजीमा थिए। अमेरिकाले सईदको टाउकोमा एक मिलियन डलर (करिब ७० करोड ) इनाम घोषित गरेको थियो।

    अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले २५ अगस्त २००९ मा हाफिज सईदबिरूद्ध रेडकर्नर नोटिश जारी गरेको थियो ।

    तर, उनी पाकिस्तानमा स्वतन्त्र हिडिरहेको देखिएको थियो । २०१७  को प्रारम्भमा, पाकिस्तान सरकारले जमात-उद-दावा विरुद्ध कारवाही शुरू गर्‍यो। यस समयमा उनलाई घर नजरबन्दमा राखिएको थियो। सईद पछि नोभेम्बर २०१७ मा रिहा भएका थिए ।

    जुलाई २०१८ मा, पाकिस्तानको एफएटीएफले हाफिज सईदलाई खैरो सूचीमा राखेको थियो।  सईदलाई काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) ले १७ जुलाई २०१९ मा पक्राउ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार