Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ३ लाख २० हजार घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

    ३ लाख २० हजार घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ मंसिर २०७७
  • 2.9K
    SHARES

    सांकेतिक तस्विर

    तुलसीपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग मालपोत कार्यालय तुलसीपुरका दुई जना कर्मचारीलाई घुससहित पक्राउ गरेकाे छ ।

    आयोगको कार्यालय नेपालगन्जको टोलीले मालपोत कार्यालय तुलसीपुरमा कार्यरत दुई जना कर्मचारीलाई ३ लाख २० हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा मालपोत कार्यालयका तामेली फाँटका बरिष्ठ नायवसुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेको अख्तियार कार्यालय नेपालगञ्ज प्रमुख गणेश गैरेले जानकारी दिए ।



    पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रमुख गैरेले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार