Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • भारत र पाकिस्तानको सीमा क्षेत्रमा भेटियो सुरुङ

    भारत र पाकिस्तानको सीमा क्षेत्रमा भेटियो सुरुङ

    अनलाइन नेपाल
  • सोमबार, ८ मंसिर २०७७
  • 2.6K
    SHARES

    एजेन्सी । भारत र पाकिस्तानबीचको सीमामा चरमपन्थीहरुले प्रयोग गर्ने १५० मिटर लामो सुरुङ भेटिएको छ ।

    जम्मु काश्मिरको सांबा जिल्लामा उक्त सुरुङ भेटिएको हो । भारतीय बिएसएफका जवानहरुले गस्ती गर्ने क्रममा सीमामा १७९ नम्बर पिल्लरको छेउमा उक्त सुरु भेटेका हुन् ।



    बिएसएफका आइजी एनएस जामवालका अनुसार अन्तर्राष्ट्रिय सीमा क्षेत्र सुरुङ भेटिनुले स्पष्ट पार्छ कि पाकिस्तानी सेनाले आतंकवादीहरुलाई मद्दत गरिरहेका छन् ।



    उनले बिहीबार भएको नगरोटाको भीडन्तका क्रममा उनीहरुले यो सुरुङ प्रयोग गरेका हुनसक्ने बताए । जम्मुको नगरोटाको भीडन्तमा भारतीय सुरक्षाकर्मीहरुको आक्रमणमा परेर ४ जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार