Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एफएनसीसीआईमा चुनावी सरगर्मी, ढकाल भन्दा प्रधान समूह बलियो

    एफएनसीसीआईमा चुनावी सरगर्मी, ढकाल भन्दा प्रधान समूह बलियो

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला निजी क्षेत्रका उद्यमी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा चुनावी सरगर्मी बढेको छ ।

    भोलि (बिहीबार) बाट चुनावी साधारण सभा शुरु हुने भएपछि चुनावी नजिता आफ्नो पक्षमा पार्न महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय किशोरकुमार प्रधान र चन्द्रप्रसाद ढकाल प्यानलसहित चुनावी मैदानमा छन् ।



    महासंघको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने प्रावधान छ र सोही अनुरुप हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दैछन् भने उनीपछि प्रधान या ढकाल जसले जित्यो उही महासंघको नेतृत्वमा पुग्नेछन् ।



    महासंघको ५४ औं वार्षिक साधारणसभाले लामो समय महासंघको अनुभव सम्हालेका प्रधान वा बैंकर ढकालमध्ये कसलाई जिताउने हो ? त्यो भने पर्खाइको विषय बनेको छ ।

    चुनाव आफ्नो पक्षमा पार्न जस्तोसुकै हत्कण्डा अपनाउने राजनीतिक छवी बोकेका ढकालको प्यानल अलि विवादित बन्दै गएपछि प्रधान प्यानलाई सहज हुँदै गएको व्यवसायीहरु नै बताउन थालेका छन् ।

    ढकाल आफै कहिले हुण्डी त कहिले चन्द्रगिरीको जंगल फडानी जस्तो कार्यले विवादमा तानिएका व्यक्ति हुन् भने उनको प्यानलबाट एसोसिएट उपाध्यक्षमा उम्मेदवारी दिएका रामचन्द्र संघाई जुवाडे मात्र नभई सिद्धार्थ ग्यास उद्योग हडप्न खोज्ने योजनाकार नै हुन् । संघाईमाथि  नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सिआईबी) ले  मुद्रा अपचलन र ठगीमा अनुसन्धान गरिरहेकाे छ ।

    संघाईकै सिद्धार्थ ग्यास उद्योगका सञ्चालक पीडित रमेश अग्रवालले दिएको जाहेरीको आधारमा संघाइमाथि छानविन गम्भिर ढंगले अगाडि बढिरहेको सिआईबी स्रोतले बतायो ।

    प्रधानलाई पूर्व अध्यक्ष कुशकुमार जोशी, पशुपति मुरारका तथा आगामी अध्यक्ष गोल्छाको साथ रहेको छ ।

    हुन त ढकाललाई पनि सहयोग नभएको भने पक्कै होइन् । ढकाललाई पूर्वअध्यक्ष सुरज वैद्य, चण्डिराज ढकाललगायतको साथ छ । तर, एक पछि अर्को गर्दै विवादमा फस्दै गएपछि ढकाललाई त्यति सहज नभएको महासंघका प्रतिनिधिहरु नै बताउँछन् ।

    प्रधान समूहका उपाध्यक्ष पदका उम्मेदवारहरु राम्रा र व्यवसायिक तथा महासंघको नेतृत्वमा जान सक्ने खुवी भएका कारणले पनि ढकाल समूहले नै उनीहरुलाई समर्थन गर्ने सम्भावना बढेको छ ।

    प्रधान प्यानलबाट एसोसिएट उपाध्यक्षतर्फ सौरभ ज्योती, जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगततर्फ अञ्जन श्रेष्ठले उम्मेदवारी दिएका छन् भने ढकालको प्यानलमा जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दिएका छन् ।

    श्रेष्ठद्वय र ज्योती अनुभवी र सफल व्यवसायी मानिन्छन् । उनीहरुले अर्थतन्त्रलाई लिड गर्न सक्ने ढकाल समूहकै व्यवसायीहरु स्वीकार्छन् ।

    मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने साधारणसभा र निर्वाचनबाट चयन हुने ६४ पदका लागि १२७ जनाको उम्मेदवारी परेको छ ।

    दुई पदमा निर्विरोध चयन भइसकेकाले अब ६२ पदका लागि मात्रै निर्वाचन हुनेछ ।

    द्विराष्ट्रिय उद्योग वाणिज्य महासंघको एक सदस्यमा नेपाल–इन्डोनेशिया चेम्बर अफ कमर्सबाट सन्दीप अग्रवाल र प्रदेश नं १ लाईको एक सदस्यमा मोरङ व्यापार संघबाट राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार