Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल बिजयी

    उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल बिजयी

    शेखर गोल्छा अबको अध्यक्ष

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 2.8K
    SHARES

    काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल बिजयी भएका छन्।

    ढकालले आफ्ना प्रतिष्पर्धी किशोर प्रधानलाई पराजित गरेका हुन्।  ३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत ल्याएका छन् । २० प्रतिशत मत भार रहकेको वस्तुगतमा चन्द्र ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत मत भार रहेको जिल्ला-गरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याए ।



    ढकालले वस्तुगगततर्फ १२।०४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४।७६ प्रतिशत , एसोसियटतर्फ १७.४६प्रतिशत मत ल्याएर कुल ५४.२६ प्रतिशत मत ल्याए । प्रधानले ४५.७४ प्रतिशत मात्रै मत ल्याउन सके ।



    बरिष्ठ उपाध्यक्षमा ढकाल विजयी भएसँगै उनी शेखर गोल्छा पछिको कार्यकालका लागि अध्यक्ष समेत हुने पक्का भएको छ।

    महासंघको विधानमा बरिष्ठ उपाध्यक्ष आगामी कार्याकालको स्वत अध्यक्ष हुने प्रावधान छ।  एशोसियट उपाध्यक्षमा रामचन्द्र संघाई समेत विजयी भएका छन्। उनले आफ्ना प्रतिष्पर्धी सौरभ ज्योतीलाई पराजित गरेका हुन।

    जिल्ला नगरतर्फको उपाध्यक्षमा किशोर समुहका दिनेश श्रेष्ठ निर्वाचित भएका छन्। ढकाल प्यानलका गुणनिधी तिवारी श्रेष्ठ सँग पराजित भए।

    यस्तै, उद्योग वाणिज्य महासंघको निर्वाचन परिणाम अनुसार जिल्ला नगर तर्फको उपाध्यक्ष पदमा दिनेश श्रेष्ठ विजयी भएका छन्। उनी पनि किशोर  समूहबाट ५८ मत ल्याइ विजयी बनेका हुन। उनका प्रतिस्पर्धि गुणनीधि तिवारी भने ४७ मत ल्याइ पराजित भए।

    जिल्ला नगर तर्फ १८ केन्द्रिय सदस्यमा भने अमृत भट्टचन, अरुणराज सुमार्गी, उमेश डालमियाँ, कमलकुमार श्रेष्ठ, कमानबहादुर खड्का, ईश्वरकुमार आचार्य, कुविरकुमार श्रेष्ठ, गजेन्द्रकुमार भगत, गोपाल केडिया, चक्रबहादुर अधिकारी, डिबि बस्नेत, तारानाथ घिमिरे, देबकुमार श्रेष्ठ, महेन्द्रकुमार श्रेष्ठ, राजन श्रेष्ठ, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल र सुरकृष्ण वैद्य निर्वाचित भएका छन्।

    यसैगरी, उद्योग वाणिज्य महाँसंघको वस्तुगत तर्फको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन। वस्तुगत उपाध्यक्षमा निर्वाचित उनले ६२ मत पाउँदा उनका प्रतिस्पर्धि उमेशलाल श्रेष्ठले ३७ मत पाएका छन। उमेशलाल वर्तमान कार्यसमितिमा उपाध्यक्ष थिए भने पदमा रहँदा नै उनी २५ मतले पराजित बनेका हुन।

    वस्तुगततर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा दुबै उम्मेदवार तर्फकाट ७-७ जना निर्वाचित भएका छन। वस्तुगततर्फ निर्वाचित हुनेहरुमा प्रकाशमान सिंह कार्की, सुमित केडिया, अरनिको राजभण्डारी, नरेशलाल श्रेष्ठ, भक्त बहादुर हमाल, मनिषलाल प्रधान, मिनमान श्रेष्ठ, हेमराज ढकाल, आकाश अधिकारी, गोविन्द ढुंगेल, विष्णु गैरे, सकुनतला हिराचन, सुवोध गुप्ता र सन्दीप कुमार अग्रवाल छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार