Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • घुस लिने नापतौल कार्यालयका चार कर्मचारी पक्राउ

    घुस लिने नापतौल कार्यालयका चार कर्मचारी पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २० मंसिर २०७७
  • 5.1K
    SHARES

    फाइल तस्विर

    वीरगञ्ज । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका ४ जना कर्मचारी पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा कार्यालयमा कार्यरत सहायक निरीक्षक विरेन्द्र उपाध्याय, कार्यालय सहयोगीहरु पदम बहादुर रोक्का, सत्य नारायण चौधरी र सवारी चालक उदय प्रताप सिंह रहेका छन्।



    उद्योग अनुगमनको क्रममा घुस लिएको आरोपमा उनीहरूलाई जिल्ला प्रशासन कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।



    एउटा टेक्सटायल उद्योगमा अनुगमनको क्रममा उनीहरुले ११ हजार रुपैयाँ घुस लिएकाले नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।

    गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख बरिष्ठ निरीक्षक शशीभुषण यादवका अनुसार कार्यालयले सातामा दुई÷तीन दिन नियमित अनुगमन गर्दै आइरहेको छ । साताभरी गरेको अनुगमनको रिपोर्ट हरेक शुक्रबार माथिल्लो निकायमा बुझाउनुपर्ने हुन्छ ।

    उनीहरुले टेक्सटायल उद्योगको अनुगमनपछि तौल गर्ने मेसिन खराब छ भनेर नियन्त्रण लिएका थिए । पछि बार्गेनिङ गरेर ११ हजार रुपैयाँ घुस लिएर काँटा फिर्ता गरिदिएका थिए ।

    घुस लिएको उजुरी प्रमुख जिल्ला अधिकारी तामाङ समक्ष आएपछि उनीहरुलाई जिल्ला प्रशासन बोलाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार