Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लागुऔषध कारोबारमा संलग्न दुई युवतीसहित पाँच जना पक्राउ

    लागुऔषध कारोबारमा संलग्न दुई युवतीसहित पाँच जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ मंसिर २०७७
  • 4.1K
    SHARES

    धनगढी । कैलालीको लम्कीचुहाबाट प्रहरीले खैरो हिरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई युवती र तीन युवक छन् ।

    प्रहरीले लम्कीचुहा नगरपालिकाको वडा नं. १ थकालिपुर सी टोलबाट ३ ग्राम ३० मिलिग्राम खैरो हिरोइनसहित सोही ठाउँमा २७ वर्षीय खगेन्द्र जैशी, २५ वर्षीय सन्देश खत्री, जानकी गाउँपालिका वडा नं.९ का २७ वर्षीय प्रकाश साउँद , जानकी गाउपालिका वडा नं.३ की १९ वर्षीया सबिना चौधरी र बर्दिया गुलरिया की १७ वर्षीया मुस्कान बिककलाई पक्राउ गरेको हो।



    ईलाका प्रहरी कार्यालय मोतीपुरकाअनुसार आइतबार बिहान ७ बजेको लागु औषध कारोवार गरिरहेको गोप्य सुचनाका आधारामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मोतीपुर लम्कीका प्रमुख भरत शाहाले जानकारी दिए ।



    प्रहरीले खोजतलास गर्ने क्रममा लम्किचुहा १ थकालिपुर सी टोलको एउटा घरको चौथो तलामा फेला पारी घर खानतलासी गर्दा उक्त परिमाणको खैरो हिरोइन, ११ हजार नगद ५ थान मोवाइल, दुई वटा मोटरसाइकल, गर्भनिरोधक अस्थाई साधनलगायत पनि बरामद गरेको छ । पक्राउ परेकाहरु माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार