Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ८० किलो लागूऔष गाँजासहित दुई जना पक्राउ 

    ८० किलो लागूऔष गाँजासहित दुई जना पक्राउ 

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 2.1K
    SHARES

    जनकपुरधाम। सर्लाहीमा प्रहरीले ८० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा इश्वरपुर नगरपालिका वडा नम्वर १२ का ३३ वर्षीय आइत सिंह स्याङतान र सोही ठाउँका ५४ वर्षीय मान बहादुर स्याङतान रहेका छन् ।

    प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र प्रहरी चौकी परवानीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई लालबन्दी नगरपालिका वडा नम्वर १५ बाट लागूऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरेको छ ।



    विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले उत्तरी चुरेक्षेत्रस्थित फूलजोर खोलाको किनारमा पर्ने झल्ला चौडीबाट प्याकिङ गरी बोराभित्र हालेर ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद गरेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।



    गाँजासहित पक्राउ परेका दुवैलाई ईलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार