Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एम्बुलेन्समा गाँजा तस्करी, २६६ किलो गाँजा र एम्बुलेन्स नियन्त्रणमा

    एम्बुलेन्समा गाँजा तस्करी, २६६ किलो गाँजा र एम्बुलेन्स नियन्त्रणमा

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 2.9K
    SHARES

    सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाको चतरामा एम्बुलेन्समा गाँजा तस्करी हुने गरेको खुलेको छ ।

    धनकुटाबाट सप्तकोसी नदी हुँदै तस्करी गरी चतरा ल्याएर एम्बुलेन्समा लोड गर्दै गरेको अवस्थामा सुनसरी प्रहरीले एम्बुलेन्ससहित गाँजा बरामद गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चतराको सप्तकोसी किनारमा मे १ च ५१९ नम्बरको एम्बुलेन्समा गाँजा लोड गर्दै गरेको अवस्थामा एम्बुलेन्स र २६६ केजी ४०० ग्राम गाँजा बरामद गरिएको हो ।



    प्रहरीले गाँजा र एम्बुलेन्स बरामद गरे पनि तस्करीमा संलग्न व्यक्ति र एम्बुलेन्स चालक फरार भएका छन् ।

    चालक र गाँजा तस्करी गर्ने व्यक्तिको पहिचान भएकाले उनीहरूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार