Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • गाँजा भारततर्फ लैजादै गरेको अवस्थामा ट्रकसहित दुईजना पक्राउ

    गाँजा भारततर्फ लैजादै गरेको अवस्थामा ट्रकसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ७ साउन २०७९
  • 1.4K
    SHARES

    बारा । नेपालबाट भारततर्फ लागुऔषध गाँजा तस्करी गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ ।

    शुक्रबार साँझ बा ५ ख ८०७५ नम्बरको ट्रकमा लुकाएर बाराको महागढीमाई नगरपालिका ५ तेलगाई बाटो हुँदै सीमातर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले १५० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।



    १५ किलोका दरले १० वटा प्लास्टिकका पोकामा प्याक गरिएको १५० किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।



    गाँजासहित पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका ६ सानुलेख बस्ने २९ वर्षीय राजकुमार रुम्बा र ट्रकमा सवार भारतीय नागरिक मोतीहारी जिल्ला थाना संग्रामपुर ११ बस्ने श्यामलाल महतो रहेका छन् ।

    उनीहरुलाई गाँजासहित कारबाहीका लागि नेपाल प्रहरीकहाँ बुझाइएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार