Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • १२४ किलो गाँजा बोकेको ट्रकसहित चालक प्रहरीको फन्दामा

    १२४ किलो गाँजा बोकेको ट्रकसहित चालक प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 477
    SHARES

    धनुषा । धनुषामा गाँजा तस्करी गर्ने ट्रकसहित चालक पक्राउ परेका छन् ।

    शुक्रवार दिउँसो करिब १ बजेको समयमा प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटेको प्रहरीको टोलीले १२४ केजी गाँजा बरामद गरेको हो ।



    खाली ट्रकभित्र जस्तापाताले घेरेर लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले १२४ केजी गाँजा बरामद गरेको छ ।



    प्रहरीले विशेष सूचनाको आधारमा ट्रकसहित गाँजा र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीले ढल्केवरबाट जनकपुरधामतर्फ गईरहेको ना७ ख ४२५१ नम्बरको ट्रकलाई शंका लागी जाँच गर्दा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार