Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा पेसीमा

    सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा पेसीमा

    अनलाइन नेपाल
  • शुक्रबार, ३ पुष २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । काभ्रेकी पूर्णिमाया लामाले सभामुख अग्नि सापकोटाविरुद्ध दिएको मुद्दा आज संवैधानिक इजलासमा पेसी चढेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ न्यायाधीश छन् ।



    संयोग के भने नेकपाभित्रको अन्तर संघर्ष पेचिलो बनिरहेको र सभामुख सापकोटा संवैधानिक परिषद्को बैठकमा समेत नगएको अवस्थामा मुद्दा पेसीमा चढेको हो । सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले नियमित प्रकृयाअनुासर नै सापकोटाविरुद्धको मुद्दा पेसी चढेको बताए ।



    प्रधानन्यायाधीश वा अदालतले चाहेर आफू खुशी मुद्दाको पेसी चढाउन मिल्दैन । सापकोटाको मुद्दामा तीन वटा पक्ष छन् । एक पूर्णीमाया आफैं हुन् । दोस्रो यो मुद्दामा सरकार जोडिएको छ। तेस्रो सापकोटासहित पूर्वमाओवादी पार्टी जोडिएको छ । उनीहरु सबैले पेसी लगेका छन् । त्यही अन्र्तगत पेसी चढेको छ । तर, पेसी चढे पनि मुद्दाको किनारा लाग्ने सम्भावना न्यून रहेको बताइएको छ ।

    के हो सापकोटाको मुद्दा ?
    सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । १६ वैशाख २०६२ मा श्रीकृष्ण मावी, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता लामालाई खाल्डो खन्न लगाएर ज्यूँदै परेको भन्दै उनीकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।

    प्रहरीले जाहेरी लिएन । त्यसविरुद्ध पूर्णिमायाले सर्वोच्चमा रिट हालेपछि २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो । तर बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय ग¥यो ।

    त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गइन् । सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दियो । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि कणकमणि दीक्षित लगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा समेत हालेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार