Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पुल्चोक क्याम्पसमा ओलीविरुद्ध विरोध प्रदर्शन

    पुल्चोक क्याम्पसमा ओलीविरुद्ध विरोध प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, ८ पुष २०७७
  • 3.6K
    SHARES

    काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोधमा पुल्चोक क्याम्पसमा प्रदर्शन भएको छ । विद्यार्थी संगठन अखिल क्रान्तिकारी र अनेरास्ववियुको नेतृत्वमा प्रदर्शन भएको हो ।

    जिल्लाका विभिन्न अरु इञ्जिनियरिङ्ग क्याम्पसका नेता–कार्यकर्ताको समेत उपस्थितिमा भएको उक्त विरोध कार्यक्रम ओलीको कदमको चर्को विरोध गरिएको थियो । अखिल क्रान्तिकारीबाट शिशिर पन्त र अनेरास्ववियुबाट संयोग पोख्रेलको नेतृत्वमा भएको उक्त कार्यक्रमलाई केन्द्रीय कमिटीबाट सागर अधिकारीले सम्बोधन गरेका थिए ।



    सो क्रममा प्राविधिक जिल्लाका नेता अमृत अधिकारी, शिशिर आदित्य गौतम, सुनिल थापा, सुगम ढकाल, विनय बस्नेतलगायतले सम्बोधन गरेका थिए । विरोध सभाअघि पुल्चोक क्याम्पस हुँदै पाटन क्याम्पस पुगेर केहीबेर दुवै क्याम्पसको संगठनको संयुक्त विरोध र नारावाजी समेत गरिएको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार