Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सर्वोच्चले दिएन अन्तरिम आदेश, प्रचण्ड-माधव समूहलाई ठुलो धक्का

    सर्वोच्चले दिएन अन्तरिम आदेश, प्रचण्ड-माधव समूहलाई ठुलो धक्का

    अनलाइन नेपाल
  • बुधबार, ८ पुष २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    यो आदेश संगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राहत भएको छ भने प्रचण्ड-माधव समूहलाई ठुलो धक्का लागेको छ ।



    १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाईका क्रममा उक्त आदेश जारी भएको हो ।



    इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएको छ ।

    सबै रिटमा शुक्रबार सं‌वैधानिक इजलासमा सुनुवाई हुने वताइएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १२ रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार