Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सोमपाल, करण र कुशल यूएईको टी १० लिगमा

    सोमपाल, करण र कुशल यूएईको टी १० लिगमा

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी सोमपाल कामी, करण केसी र कुशल मल्लले यूएईमा हुने टी–टेन लिगमा खेल्ने भएका छन् ।

    उनीहरु पहिलो पटक दस ओभरको फ्रेन्चाइज लिगमा खेल्न लागेका हुन् । बुधबार रातिको ड्राफ्टबाट उनीहरूको अनुबन्ध निश्चित भएको हो ।



    जसअनुसार सोमपालले मराठा अरबियन्स, करणले पुने डेभिल्स र कुशलले टिम आबुधाबीबाट खेल्ने भएका हुन् ।



    सोमपालले यसअघि एक अवसरमा विदेशी फ्रेन्चाइज क्रिकेट खेलिसकेका छन् । करण र कुशलका लागि यो नयाँ अनुभव हुनेछ ।

    टी–१० लिग नोभेम्बर १८ बाट सुरु हुने तय भए पनि कोरोना महामारीका कारण पछाडि धकेलिएको हो । नयाँ तालिकाअनुसार आउँदो जनवरी २८ देखि शेख जायद क्रिकेट रंगशालामा लिग सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार