Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओलीले पाँच मिनेट समय नदिदा नेकपा फुट्यो : प्रचण्ड

    ओलीले पाँच मिनेट समय नदिदा नेकपा फुट्यो : प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी बचाउने विकल्प हुँदा हुँदै पनि प्रधानमन्त्री ओली आफै संसद विघटन गरेर चोइटिएर गएको बताएका छन् ।

    बिहिबार राजधानीमा आयोजित केन्द्रीय कमिटीको बैठकमा ओलीप्रति आक्रोश पोख्दै प्रचण्डले भने–‘पाँच मिनेट समय दिनुहोस् विकल्प लिएर आउँछु, संविधान विघटन नगरौं भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्नु भएन । लोकतान्त्रिक प्रणालीलाई अपहरण गरेर कता जान खोजिएको हो ? खबरदार १ संविधानको अपहरण नगरियोस्। वैधानिक निकायलाई हामीले लगातार खबरदारी गरिरहनेछौं ।’



    आफूहरु नै आधिकारिक नेकपा भएको दावी गर्दै उनले भने–‘केपी ओलीले नेतृत्व गरेको त गुट हो, पार्टी होइन । त्यो अवैधानिक छ ।’



    कार्यक्रममा बोल्दै उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र बामदेव गौतमलाई ल्याउन नसकेको स्वीकारे गर्दै भने–‘आजको हाम्रो बैठकमा बादल र बामदेव गौतमलाई पनि बोलाएका थियौँ। बामदेवजीले तयारी नपुगेको जनाउनुभयो। बादललाई ल्याउन सकेनौँ ।

    पछिल्लो घटनाक्रमका पछाडि ठूलो ग्रानडिजाइन रहेको दावी गर्दै प्रचण्डले भने–‘यो बाहिर देखिएजस्तो सामान्य घटनाक्रम होइन, यो ठूलो षड्यन्त्रको डिजाइन हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार