Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • माघ १ गते भारत जाँदै परराष्ट्रमन्त्री ज्ञवाली

    माघ १ गते भारत जाँदै परराष्ट्रमन्त्री ज्ञवाली

    अनलाइन नेपाल
  • मंगलबार, २१ पुष २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भनिएकाे भारत भ्रमणकाे मिति टुंगाे लागेकाे छ ।

    मन्त्री ज्ञवालीले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठकका लागि आगामी माघ १ गते भारत भ्रमण गर्ने पक्का भएकाे हाे ।



    स्रोतका अनुसार सोही दिन साँझ आयोगको बैठक बस्ने छ ।



    साथै भोलिपल्ट केही राजनीतिक भेटघाट गरेर ज्ञवाली स्वदेश फर्कने कार्यक्रम तय गरिएकाे छ ।

    बैठकको मितिका बारेमा औपचारिक घोषणा हुन भने बाँकी छ ।

    यसअघि आयोगको बैठकका लागि नेपालतर्फबाट मंसिरको दोस्रो वा अन्तिम साता प्रस्ताव गरिएको थियो । तर, नेपालले प्रस्ताव गरे पनि भारतले अन्तिम सहमति जनाएको थिएन ।

    यसबीच नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण पनि भ्रमण अन्योलमा परेकाे थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार