Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एमाले उपमहासचिव ज्ञवालीले भने – प्रचण्डले सत्ता टिकाउन भारतलाई रिजाइरहेका छन्

    एमाले उपमहासचिव ज्ञवालीले भने – प्रचण्डले सत्ता टिकाउन भारतलाई रिजाइरहेका छन्

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 372
    SHARES

    चितवन । नेका एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्ता टिकाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिकेन्द्रको भक्तिभाव गर्ने काम गरिरहेको बताएका छन् ।

    प्रेस चौतारी चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।



    उपमहासचिव ज्ञवालीले विद्युत व्यापार सम्झौता र भारतीय दूतावासलाई २० करोड सीधै खर्च गर्न दिने सम्झौता प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउन गरेको भक्तिभावको उदाहरण भएको बताए।



    उपमहासचिव ज्ञवालीले भने, ‘अहिलेको सरकारलाई जनताप्रतिको जवाफदेहिता र विश्वास छैन, त्यसैले सत्ता टिकाउन शक्ति केन्द्रहरुको भक्तिभाव गर्ने काममा लागिपरेको छ, कुनै पनि देशले दूतावासमार्फत सीधै आयोजना छानेर रकम दिने काम गलत छ, यसले राष्ट्रिय हितलाई कमजोर मात्रै गर्दैन, अनावश्यक चलखेललाई समेत बढाउँछ ।’

    भारतीय दूतावासमार्फत सिधै २० करोड रकम कुनै आयोजनामा लगानी गर्न पाउने र भारतसँग गरिएको विद्युत व्यापार सम्झौताका कतिपय बुँदा राष्ट्रलाई दीर्घकालीन असर गर्ने खालका भएको उपमहासचिव ज्ञवालीको भनाइ छ।

    भारतले नेपालमा पूर्वदेखि पश्चिमसम्मका नदीनालामा विद्युत निकाल्ने नाममा कब्जा गरेको भन्दै पूर्वपराष्ट्रमन्त्रीसमेत रहेका नेता ज्ञवालीले बताए ।

    भारतसँग गरिएको विद्युत व्यापार सम्झौतामा भारतीय लगानीकर्ताले उत्पादन गरेका आयोजनाको विद्युत मात्रै किन्ने बुँदाले हस्तक्षेपलाई थप प्रश्रय गरेको नेता ज्ञवालीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार