Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काग्रेससँग सत्ता सहकार्य हुने सम्भावना छैन : प्रदीप ज्ञवाली

    काग्रेससँग सत्ता सहकार्य हुने सम्भावना छैन : प्रदीप ज्ञवाली

    अनलाइन नेपाल
  • शनिबार, १४ माघ २०७९
  • 426
    SHARES

    पाल्पा । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेकपा एमालेका उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने बताएका छन् ।

    शनिबार प्रेस चौतारी पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।



    माओवादीकै प्रस्तावमा यो सरकार गठन भएकोले माओवादीकै प्रस्तावमा एमालेलाई राष्ट्रपति दिने सहमति भएकोले अन्य पक्षको विषयमा चर्चा गर्नु मनको लडड् घिउसँग खाने जस्तै भएको ज्ञवालीले बताए।



    ज्ञवालीले भने, ‘प्रधानमन्त्रीले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारको लागी अहिले बहस गरिरहनु भएको छ। यो राम्रो पक्ष हो। छलफल विचार विमर्श नगरिकन निर्वाचनमा जानुभन्दा, बहस छलफल गरेर जानु राम्रो हो भनेर प्रधानमन्त्री छलफल चलाउनु भएको हो।’

    एमाले उपमहासचिव ज्ञवालीले तत्काल काग्रेससँग सत्ता सहकार्य हुने सम्भावना नरहेको बताए। राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई पनि कन्भिन्स गर्न सक्ने बताए ।

    कांग्रेसले प्रधान्मन्त्रीलाई विश्वासको मत दिएर धमिलो खोलामा माछा मार्न खोजेको बताउँदै पद साट्न र सत्ता मोहको पछि लाग्दा काँग्रेस असल प्रतिपक्ष समेत बन्न नसकेको आरोप उनले लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार