Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमाले उपमहासचिव ज्ञवालीको टिप्पणी – सरकारले ल्याएको नागरिकता विधेयक त्रुटिपूर्ण छ

    एमाले उपमहासचिव ज्ञवालीको टिप्पणी – सरकारले ल्याएको नागरिकता विधेयक त्रुटिपूर्ण छ

    अनलाइन नेपाल
  • शनिबार, ७ साउन २०७९
  • 909
    SHARES

    रुपन्देही । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको टिप्पणी गरेका छन् ।

    प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली नागरिकले विना कुनै बहानामा नागरिकता पाउनुपर्नेमा सन्देह नभए पनि अहिले सरकारले ल्याएको विधेयक त्रुटिपूर्ण रहेको आरोप लगाएका हुन् । ।



    उनले भने,‘राज्य व्यवस्था समितिमा जुटेको सहमति विपरीत सरकारले विधेयक ल्याएको छ, यो देशको हितमा छैन’।



    वैवाहिक अङ्गीकृत नागरिकताको सवालमा केही मापदण्ड राख्ने तर उनीहरूलाई कुनै प्रकारको व्यवसाय, नोकरी गर्न नरोक्ने गरी व्यवस्था गर्न सकिने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार