Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओली समूहले २३ गते जनसभा गर्ने, ११ सय ११ सदस्य कमिटी गठन

    ओली समूहले २३ गते जनसभा गर्ने, ११ सय ११ सदस्य कमिटी गठन

    अनलाइन नेपाल
  • सोमबार, १२ माघ २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले माघ २३ गते काठमाडौंमा जनसभा गर्ने भएको छ ।

    सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै नेकपा बागमती प्रदेश संगठन कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको बास्तविकता जनतालाई जानकारी गराउने उद्देश्यले नेकपा वाग्मती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौँको रत्नपार्कमा जनसभा आयोजना गर्न लागिएको जानकारी दिए ।



    जनसभा सफल पार्नको निम्ति नेकपाका नेता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको सयोजकत्वमा ११ सय ११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरेको पनि बताए ।



    जनसभा परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले सभामा व्यक्ति केन्द्रीत आरोप(प्रत्यारोप नगरी विधिसम्मत् राजनीतिक र व्यवहारिक कुरा गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार