Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नारायणप्रसाद रिसाल अख्तियारको प्रवक्ता तोकिए

    नारायणप्रसाद रिसाल अख्तियारको प्रवक्ता तोकिए

    अनलाइन नेपाल
  • मंगलबार, २० माघ २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव नारायणप्रसाद रिसाललाई प्रवक्ता तोकेको छ ।

    आयोगले करिब २ महिनापछि मंगलबार सहसचिव रिसाललाई प्रवक्ता तोकेको छ ।



    आयोगका सहसचिव तारानाथ अधिकारी गत पुस १ गते नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएपछि आयोगमा प्रवक्ता पद रिक्त भएको थियो ।



    ‘आजैका मितिदेखि लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव नारायण प्रसाद रिसाललाई तोकिएको छ,’ अख्तियारले विज्ञप्तिमा जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार