Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओली समूहको आमसभाका लागि दरबारमार्ग सडकका डिभाइडर हटाइयो

    ओली समूहको आमसभाका लागि दरबारमार्ग सडकका डिभाइडर हटाइयो

    अनलाइन नेपाल
  • बिहिबार, २२ माघ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले शुक्रबार काठमाडौंमा आमसभा आयोजना गरेको छ ।

    ओली समूहको आमसभा नारायणहिटी दरबार संग्रहालय अगाडि हुने जनाईएको छ । ओली समूहको कार्यक्रकको लागि नारायणहिटी दरबार संग्रहालय अगाडिको सडकका डिभाइडर हटाइएको छ ।



    दरबारमार्गको सडकको बीचमा राखिएको डिभाइडर बिहीबार हटाएर सडक खाली गरिएको छ । यहाँबाट हटाइएको डिभाइडर नारायणहिटी दरबार संग्रहालयको पर्खालमा अड्याएर राखिएको छ । शुक्रबार गर्ने आमसभालाई ओली समूहको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।



    शुक्रबारको आमसभाका लागि मञ्च निर्माणलगायतको तयारी बिहीबारदेखि नै सुरु गरिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई धारमा विधाजित छ । साथै उनीहरुले विभिन्न कार्यक्रम गर्दै आ–आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार