Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आगामी निर्वाचन एउटा आन्दोलन हो : बादल

    आगामी निर्वाचन एउटा आन्दोलन हो : बादल

    अनलाइन नेपाल
  • शुक्रबार, २३ माघ २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहका नेता एवम् गृहमन्त्री रामबहादुर थापाले ऐतिहासिक जनसभाबाट ऐतिहासिक आन्दोलनलाई विजयी गराउने बताएका छन् ।

    आजको आन्दोलनले गणतन्त्र रक्षा गर्न प्रतिवद्ध भएको सन्देश दिएको पनि उनले बताए ।



    आफूहरुले आन्दोलन नै शुरु गरेको बताउँदै गृहमन्त्री थापाले संसद विघटन गरेर मिति तोकिएको आगामी निर्वाचन एउटा आन्दोलन भएको पनि उनले बताए ।



    ओली पक्ष बागमती प्रदेशले आज दरबारमार्ग (नारायणहिटी संग्राहालय अगाडि) आयोजना गरेको जनसभामा बोल्दै उनले भने–‘अवसरवादी तत्वहरुले नेतृत्वलाई विस्थापित गर्नका लागि षड्यन्त्रमूलक तरिकाले मांसाहारि सम्मको आन्दोलनको धम्की दिइएको छ । हामी सबै सचेत रहनु पर्छ ।’

    प्रचण्ड–नेपाल पक्षलाई लक्षित गरी गृहमन्त्री थापाको यस्तो अभिव्यक्ति दिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार