Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नारायणहिटीबाट ओलीको घोषणा–हामी मुल पार्टी हौं, आजबाट टुंगो लाग्यो

    नारायणहिटीबाट ओलीको घोषणा–हामी मुल पार्टी हौं, आजबाट टुंगो लाग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २३ माघ २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट मुल पार्टी कुन हो भन्ने टुंगो लागेको दावी गरेका छन् ।

    मुल पाटी कुन हो ? भनेर अझै पनि सोध्नेहरुलाई कठैबरा बाहेक केही भन्न सकिन्न । कम्युनिष्ट पार्टीको मात्र नभई देशकै मुल पार्टी आफ्नो पार्टी भएको ओलीको दावी थियो ।



    ओली पक्ष बागमती प्रदेशले आज दरबारमार्ग (नारायणहिटी संग्राहालय अगाडि) आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले आमसभा गर्नका लागि काठमडौंको जुनसुकै ठाउँ छानेपनि सानो भएको बताए ।



    उनले भने–‘हाम्रो आमसभाका लागि काठमाडौंको कुनै पनि ठाउँ सानो भएको छ । यस्तो अवस्थामा पनि अझै मुल पाटी कुन हो भनेर सोध्नेहरुलाई कठैबरा भन्नु बाहेक केही भन्न सकिन्न । ’

    आफ्नो पार्टी कम्युनिष्ट पार्टीको मात्र नभई देशकै मुल पार्टी भएको ओलीको दावी थियो ।

    ओलीले भने–‘देशको स्वाधिनता, भौगोलिक अगण्डता, लोकतत्रको रक्षा पार्टी हो यो । अझै पनि मुल पार्टी यही हो भनेर बताइरहनु पर्छ ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार