Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रचण्ड–माधव समूह राष्ट्रवादको नक्कली काममा लागेको ओलीको आरोप

    प्रचण्ड–माधव समूह राष्ट्रवादको नक्कली काममा लागेको ओलीको आरोप

    अनलाइन नेपाल
  • शुक्रबार, २३ माघ २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) नहटेसम्म खोप अभियान जारी रहने बताएका छन् ।

    चिकित्सक, नर्स, सफाईकर्मी, एम्बुलेन्स चालक जस्ता सुरक्षामा बढि खतार पैदा हुनेहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन भइरहेको भन्दै कोभिडलाई परास्त नगरेसम्म खोप अभियान जारी रहने बताए ।



    ओली पक्ष बागमती प्रदेशले आज दरबारमार्ग (नारायणहिटी संग्राहालय अगाडि) आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘अस्थिरता होइन चुनाव चाहियो’, ‘जनता के भन्छ चुनाव ले भन्छ’ भन्दै नारा नै लगाए ।



    सम्बोधनका क्रममा ओलीले भने–‘जतिबेला उत्तरको बाटो खोले, पारवहन सन्धी गरे त्यसबेला मलाई हटाइयो । यतिखेर देशको नयाँ नक्सा जारी गरेपछि पनि मलाई हटाउन खोजियो । त्यसपछि उहाँहरु (प्रचण्ड–माधव समूह) राष्ट्रवादको नक्कली काम गर्न लाग्नु भयो । मलाई काम गर्न दिनु भएन । तीन वर्षसम्म आयोगहरु बन्न दिनु भएन । अहिले नियुक्ति गर्दा के को आपत्ति ?’

    प्रधानमन्त्री ओलीले विकास निर्माणका कामहरु धमाधम भइरहेको दावी गर्दै सुरुङमार्गलाई प्राथमिकतामा राखेको बताए ।

    ओलीले देश चुनावतर्फ गइसकेको हुँदा अब चुनावको परिणामले सरकार बन्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार